आज्ञा खबर
सिन्धुली
सिन्धुलीमा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुधौली नगरपालिका वडा नम्बर ११ मरघट्टिका ३९ बर्षीय राम बहादर सुनार रहेका छन् ।
गत पुस ९ गते कमला खोलामा बिष्फोटक पदार्थ प्रयोग गरेर माछा मार्ने क्रममा पानीमा डुबेर घाइते भएका सुनारको उपचारको क्रममा बुधबार साँझ (हिजो) मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक चिरन्जीवी दाहालले जानकारी दिए ।
फुलकुमारी महत्तो मेमोरियल हस्पिटल सिरहामा उपचारत घाइते सुनारलाई थप उपचारको लागि शिक्षण अस्पताल महाराजगंज काठमान्डौँ लगिएको थियो । उपचारको क्रममा सोहि अस्पतालमा सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको बिषयमा थप अनुसन्धान थालको छ ।
माछा मार्ने क्रममा सिन्धुलीमा एक जनाको मृत्यु
© 2026: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech
