भुमी र बन सम्बन्धि जटिल कानुनलाई तुरुन्तै संशोधन गरीे गौरीडाँडा बासीको समस्या समाधान गरीने प्रधानमन्त्री ’प्रचण्ड

[sharethis-inline-buttons]

आज्ञा खबर

बर्दिवास
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भुमी र बन सम्बन्धि जटिल कानुनलाई तुरुन्तै संशोधन गरीे गौरीडाँडा बासी लगायत अन्य स्थानको ऐलानी जग्गा नम्बरी गरीने बताएका छन ।
आइतबार महोत्तरीको बर्दिवास ३ गौरीडाँडा स्थित जनता माविको स्वर्णजयन्ती समारोहलाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन। उनले बनको त्रुटिपुर्ण कानुनको कारण बिकास निमाणमा जटिलता भई रहेको बताए

प्रधानमन्त्री ’प्रचण्ड’ले २१ औँ शताब्दीको डिटिजल युगमा नेपालजस्ता विकासशील देशहरू भूमण्डलीकरणको बहुआयमिक दबाबमा परेको भन्दै आधारभूत तहदेखि नै हाम्रो पाठयक्रममा युगसापेक्ष गुणात्मक शिक्षा आवश्यक रहेको बताए

उनले भूमण्डलीकरणको बहुआयामिक दबाब छिचोल्ने शिक्षा प्रणाली चाहिएको भन्दै
२१ औँ शताब्दीको डिटिटल युगमा नेपालजस्ता विकासशील देशहरूले भूमण्डलीकरणको बहुआयामिक दबाबमा परेकोले आधारभूत तहदेखि नै हाम्रो पाठयक्रममा युगसापेक्ष गुणात्मक परिमार्जन राष्ट्रिय अनिवार्यता बन्न पुगेको आवश्यता औल्याए । प्रचण्डले शिक्षाले देशभक्तिपूर्ण भावना, समाजप्रतिको उत्तरदायित्व, विज्ञानसम्मत प्रगतिशील सोच र दृष्टिकोण, आत्मनिर्भर जनशक्ति उत्पादन गर्न सक्नुपर्ने कुरामा जोड दिए ।’’

सम्बोधनको पूर्णपाठ….