महोत्तरीको लोहारपट्टीमा सडक निर्माणको विषयमा विवाद हुँदा दुई जना गम्भीर घाइते

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी
महोत्तरीको लोहारपट्टी नगरपालिका–३ महदैयामा शनिबार बिहान करीब १० वजे सडक निर्माणको विषयमा विवाद हँुदा दुई जना गम्भीर घाइते भएका छन् । घाईते हुँनेमा स्थानीय ५ वर्षीया तेतरी खातुन र उनका २८ वर्षीय छोरा मोमजात कवारीे रहेका छन।

घाइतेको उपचार प्रादेशिक अस्पताल जनकपुरधाम भइरहेको बताइएको छ । साविकको सडकलाई छोडर हाम्रो निजी जग्गा अतिक्रमण हुने गरी सडक निर्माण गरिहेको र सोको विरोध गर्दा आफूहरुलाई स्थानीय जयनुल कवारी ,फुल मोहम्मद, काले कवारी, सैमा कवारीसहितले मिलेर कुटपिट गरी घाइते बनाएको कवारीले बताए ।

केही खास व्यक्तिलाई फाइदा पुग्ने उद्देश्यले साविकको सडकलाई छोडेर कुनै व्यक्तिलाई मार्का पर्ने गरी सडक निर्माण नगर्न नगराउन उच्च अदालत जनकपुरलेसमेत निषेधाज्ञा जारी गरेको अवस्थामा सो वडाका वडाध्यक्ष रामजी यादवको आदेशमा पुनः सडक निर्माणको कार्य शुरु भएपछि विरोध गर्दा आफूहरुलाई कुटपिट गरिएको उनले आरोप लगाए ।

उच्च अदालत जनकपुरधामका न्यायाधीश सागर विष्टको ईजलासले सो वडाका कित्ता नम्बर ७३७ मा भएर तत्काल सडक निर्माण नगर्न नगराउन जेठ ४ गते अन्तरिम आदेश जारी गरेको छ । तर अदालतको आदेशको समेत अवज्ञा गरी वडाध्यक्ष यादवको निर्देशनमा सडक निर्माण भइरहेको घाइतेका दाइ सौकत अली राइनले बताए । जयनुल कवारीसहितले भाइ र आमालाई घरमा थुनेर मरणासन्न हुने गरी कुटपिट गरेको उनले बताए ।

उनले अदालतको आदेशको अटेरी गर्ने वडा अध्यक्ष रामजी यादवमाथि कारबाहीको माग गरेका छन् ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...