काठमाडौँ।:टीकापुर घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका एकजना सात वर्षपछि अदालतबाट निर्दोष सावित भएको छ ।
टीकापुर घटनामा सन्तकुमार चौधरी २०७३ वैशाखमा पक्राउ परेका थिए । उनलाई कैलाली जिल्ला अदालत र उच्च अदालत दीपायलले जन्मकैदको सजाय सुनाएका थिए । तर सर्वोच्च अदालतले भने मंगलबार निर्दोष ठहर गर्दै थुनामुक्त गर्न आदेश दिएको हो ।
बुधबार सन्तकुमार कैलाली कारागारबाट छुटेका छन् । सर्वोच्च अदालतले मंगलबार थुनामुक्त गर्न दिएको आदेशमा सन्तकुमार चौधरीको नाम भने छैन ।