आज्ञा खबर
सर्लाही
जिल्ला प्रशासन कार्यालय सर्लाहीमा गएको मंगलबार विद्युत् सर्ट भएर आगलागी भई विभिन्न उपकरणमा क्षति पुगेर भएको सेवा अबरुद्ध भोलिदेखी पुनह सुचारु ह्ुँने भएको छ।
कार्यालयमा बिद्युत सर्ट भएर पूरै वाइरिङ जलेपछि कार्यालयले दिने गरेको सेवा अवरुद्ध गरेको थियो ।
क्षतिग्रस्त वाइरिङ मर्मतको काम पूरा भएको र नागरिकता प्रतिलिपी फाँटमा कम्प्युटर, प्रिन्टर तथा स्क्यानरको व्यवस्था समेत मिलाएर भोली शुक्रबारदेखि सेवा नियमित गर्न लागिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उज्यालो अभियानसँग बताएका छन् ।
मंगलबारदेखि आजसम्म ३ दिन जिल प्रसाशन कार्यालयको सेवा ठप्प हुँदा सेवाग्राही मारमा परेका छन् ।
