बागमती – हेटौँडामा सर्पको टोकाइबाट एकजनाको मृत्युभएको छ। आज हेटौँडा–१९ बस्तीपुरमा विषालु सर्प खेलाउने क्रममा ३५ वर्षीय सोनु कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार कँडेलले घर नजिकै रहेको जङ्गलबाट आफैँले सर्प ल्याएका थिए। उक्त सर्प खेलाउने क्रममा सर्पले दाहिने हातको माझी आँैलामा टोक्दा गम्भीर बिरामी भई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको र उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक कार्कीले जानकारी दिए।
कँडेलले कहिलेदेखि सर्प घरमा ल्याएका थिए र उक्त सर्प कुन जातको थियो भन्नेबारे खुल्न सकेको छैन।रासस
