आज्ञा खबर
महोत्तरी
द्वन्द्व प्रभावितको सवालमा स्थानीय ,प्रदेश तथा संघ सरकारको ध्यानाकर्षण गराउने, संक्रमणकालिन न्यायिक संयन्त्रलाई पीडित÷प्रभावित मैत्री बनाएर शान्ती प्रक्रियालाई निष्र्कमा पु¥याउन सरकारको ध्यानाकर्षण गराउने, द्वन्द प्रभावित र तिनको परीवारहरुको वर्तमान अवस्था÷सवाल उजागर गर्ने, पहिचान गरिएका सवालहरू कार्यान्वयन प्रक्रियामा लैजान स्थानीय तह, प्रदेश र राष्ट्रिय तहबाट गर्न सकिने कामहरूको बारेमा महोत्तरीको बर्दिवासमा समाज जन उत्थान संस्थाको द्वन्द पिडित कार्य समितीको दोश्रो बैठक मंगलवार बसेको छ। द्वन्द प्रभावित समिती बर्दिवासकी अध्क्षय दिपा लामाको अध्क्षयतामा बसेको बैठकले बर्दिवास नगर भित्रका द्वन्द पिडितको पहिचान, लगत संकलनकालागि नगरपालिकालाई अनुरोध गर्ने। पिडितको सवालमा मनो बिज्ञान परामर्श तालिमकालागि प्रमाणपत्र तह पास गरेका शैक्षिक योग्यता भएका सञ्चालक समितीका सदस्य म्ध्ये एक जनालाई पठाउने निर्णय गरीएको अध्क्षय दिपा लामाले जानकारी दिनु भयो।