आज्ञा खबर
सर्लाही
सर्लाहीको बागमतीमा बुधबार नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल, सर्लाहीको विशेष जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
सम्पन्न सम्मेलनले श्रवण थापाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्ष द्धयमा क्षितिज विश्वकर्मा र सर्मिला रमौली मगर, सचिवमा राधेश्याम कुशवाह र सह–सचिव द्धयमा सलिना मगर र जितेन्द्र कुशवाह चयन भएका छन् । त्यसैगरि कोषाध्यक्षमा राजेश पाठक, सदस्यहरुमा चन्द्रवहादुर जिम्वा, शिवकुमार कुशवाह, हरि निरौला, मंन्दिरा लामिछाने चयन भएका छन् ।
त्यस्तै, जितेश यादव, अविशेष यादव र अनिता साह पनि सदस्यमा निर्वाचित भएको प्रेस सेन्टर नेपाल, सर्लाहीले जनाएको छ । सम्मेलन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द) का पोलिटव्यूरो सदस्य अच्युतम काफ्लेले दलिय राजनीति वातावरणमा नेपाली प्रेस विभाजित हुनु स्वभाविक भएपनि प्रेसले मुलुक र जनताको पक्षमा कलम चलाउनुपर्ने जोड दिए ।
प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष गोविन्द देवकोटाले प्रेस सेन्टर सर्लाहीका पूर्वअध्यक्ष शंकर पहाडी (एसपी गौरव) संगठनको हीत विपरीतका क्रियाकलापमा लिप्त भएकोले उनी नेतृत्वको प्रेस सेन्टर नेपाल, सर्लाही जिल्ला समिति भंग गरिएको बताए । उनले पत्रकारिताको धर्म निर्वाह नगर्ने व्यक्तिहरुलाई सेन्टरमा स्थान नभएको बताए । ‘सम्पूर्ण जनपक्षिय पत्रकार एक हौ’ भन्ने नाराका साथ सम्मेलन सम्मपन्न भएको थियो





































