तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपतिमा पुनह सी जिनपिङ चयन

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
माओत्सेतुङपछिको सबैभन्दा शक्तिशाली नेताका रूपमा चीनमा चिनिे सी जिनपिङ तेस्रो पटक राष्ट्रपतिका रुपमा चयन हुनु भएको छ । उहाँ १४औँ राष्ट्रिय जनकङ्ग्रेसको अधिवेशनबाट सर्वसम्मतिले राष्ट्रपतिमा चयन हुनुभएको हो ।

ग्रेट हल अफ द पिपलमा उपस्थित नेशनल पिपुल्स कङ्ग्रेस (एनपीसी) का झण्डै तीन हजार सदस्यले ६९ वर्षीय सीलाई सर्वसम्मत रूपमा राष्ट्रपतिमा चयन गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । उहाँले संविधानप्रति प्रतिबद्ध रहने बताउनुभएको छ ।
यसअघि नै संसद्ले राष्ट्रपतिको दुई कार्यकालको सीमा संविधान हटाउने निर्णय गरेको थियो । उहाँ देशको केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि तेस्रो कार्यकालका लागि सर्वसम्मत हुनुभयो । झाओ लेजी संसद्का नयाँ सभामुख र हान झेङ्ग उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...