आज्ञा खबर
काठमाण्डाै:भैरहवाका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको देखिएपछि काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गराइएको छ ।
बिहान साढे ९ बजे उडेको उडान नम्बर ८२१ जहाजमा ‘फायर वार्निङ’ को सङ्केत देखिएपछि त्रिभुवन विमानस्थलमा नै फर्काएर सकुशल अवतरण गराइएको हो।
जहाज क्याप्टेन भरत सिंह थापाले उडाएका थिए । काठमाडौंबाट उड्नासाथ जहाजको इन्जिनमा आगो देखिएको भनेर चालक दलका सदस्यले टावरलाई जानकारी गराएका थिए । त्यसलगत्तै जहाजलाई काठमाडौं फर्काइएको थियो ।