भारतबाट डिजेल र पेट्रोलको मूल्य बढेर आयो, १५ दिनमा ९ करोड ४१ लाख घाटा हुने

[sharethis-inline-buttons]

काठमाडौं : भारतबाट डिजेल र पेट्रोलको मूल्य बढेर आएको छ । इन्डियन आयल कर्पाेरसन (आईओसी)ले नेपाललाई पठाएको नयाँ मूल्य सूचीअनुसार डिजेल र पेट्रोलको मूल्य बढेको नेपाल आयल निगमले बताएको छ ।

आईओसीले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य र हरेक एक महिनामा एलपी ग्यासको नयाँ मूल्यसूची निगमलाई पठाउने गरेको छ ।

आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार डिजेल र पेट्रोलको मूल्य लिटरमा आठ रुपैयाँले बढेर आएको निगमका प्रवत्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

यस्तै, मट्टितेलको मूल्य ४.६० रुपैयाँ र हवाई इन्धन ७.८० रुपैयाँले बढेर आएको छ । तर एलपी ग्यासमा भने प्रतिसिलिन्डर ७५ रुपैयाँ घटेर आएको प्रवत्ता उपाध्यायले बताए ।मूल्य घटेर आएपनि अझै पनि निगमलाई ग्यासमा प्रतिसिलिन्डर २८० रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।

नयाँ मूल्यसूचीले हाल भइरहेको मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गर्दा निगमलाई १५ दिनमा ९ करोड ४१ लाख रुपैयाँ घाटा हुने निगमले जनाएको छ

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...