आज्ञा खबर
पोखरा:आत्मदाह गर्ने पुरुषलाई बचाउन जाँदा घाइते भएकी पोखरा-१३ की संगीता सापकोटाको निधन भएको छ ।
३५ वर्षीय उनको गएराति उपचारकै क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । आफ्नै शरीरमा आगो लगाउने ४५ वर्षीय कृष्ण क्षेत्री घाइते छन् । उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । खुट्टा, हात र अनुहार जलेका उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
मृतक संगीता कृष्णको घरबेटी हुन् । बचाउन गएकी भनिएकी संगीताको शरीर बढी जलेपछि घटना झनै रहस्यमय बनेको छ । घटनाको सुरुवात, आगो कसले र कसरी लगायो भन्ने विषयमा फरक-फरक कोणबाट प्रहरीले अनुसन्धान गरिरहेको छ ।शिलापत्र
