मोटरसाईकलको ठक्करबाट औरहीमा एकजनाको ज्यान गयो

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी

महोत्तरीको औरहीमा मोटरसाईकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ मृत्यु हुनेमा स्थानीय ६० बर्षीय गोगाई ठाकुर लोहार रहेको प्रहरीले जनाएको छ ।

सर्लाही जिल्लाको बरहथवा नगरपालिका वडा ३ बस्ने रोशन लाल महतोले चलाएको ना ३७ प ७२३१ नम्बरको मोटरसाइकलले पैदल यात्री ठाकुरलाई ठक्कर दिदाँ गम्भीर घाइते भई उपचारको क्रममा उनको मृत्यु भएको हो ।

घाइते ठाकुरको उपचारका क्रममा जनकपुरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सूरु गरेको जनाएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...