आज्ञा खबर
जनकपुरधाम
पत्रकार शैलेन्द्र महतो क्रान्तिले आफ्नो चरित्रहत्या हुने गरी स्वास्थ्यकर्मीले समाजिक संजालमा तस्वीरसहित जथाभावी आरोपसहितको पोस्ट राखेको भन्दै मंगलबार प्रहरीमा उजुरी दिए पछी पत्रकारको चरित्रहत्या हुने गरी सामाजिक सञ्जालमा जथाभावी लेख्ने स्वास्थ्यकर्मीले सार्वजनिक रुपमा माफी मागेका छन् । धनुषाको बटेश्वर गाउँपालिका कार्यालयमा कार्यरत्त सिनियर अहेब महेश कुमार साहले जिल्ला प्रहरी कार्यालय धनुषामा सार्वजनिक रुपमा माफी मागेका हुन् ।
प्रहरीले स्वास्थ्यकर्मी साहलाई बुधबार झिकाएका थिए । नेपाल पत्रकार महासंघ धनुषाका पदाधिकारी सञ्चारकर्मी, प्रहरी, व्यवसायी लगायतको समक्षमा स्वास्थ्यकर्मी साहले आवेशमा आएर पत्रकार महतोको विषयमा जथाभावी लेखेर चरित्रहत्याको प्रयास गरेको आफ्नो गम्भीर गल्ती भएको स्वीकारेका हुन् । उनले पत्रकार महतोको विषयमा लेखेको फेसबुक पोस्ट डिलिट गर्दै आयिन्दा यस्तो गल्ती नदोहरिने प्रतिवद्धता गरेका छन् ।
११ महिनादेखे तोकेको ठाउँमा नगइ बटेश्वर गाउँपालिका कार्यालयमा बसेर गफचुट्दै तलब खाँदै आएका थिए । अनलाइनखबरमा अटेरी अहेव ः खटाएको ठाउँमा जाँदैनन्, गाउँपालिकामा हाजिर गर्दै दिन काट्छन्, शीर्षकको समाचार प्रकासित भएको थियो । सोही समाचारको निहुमा स्वास्थ्यकर्मी साह पत्रकार महतोको चरित्र हत्या हुने गरी समाजिक संजालमा जथाभावी लेखेका थिए ।