[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
तराईम बढ्दो शितलहरलाई मध्यनजर गर्दै बर्दिबास नगरपालिका–१२ अभिमानटोलस्थित मुसहर बस्तीमा न्यानो कम्बल वितरण गरिएको छ।

लायन्स क्लब रौतहट र लायन्स क्लब बर्दिबासको सहयोगमा नमुना मुसहर बस्तीका अतिविपन्न परिवार र एकल महिला लगायत २६ घरधुरीलाई फाईबर कम्बल वितरण गरिएको सहयोगी संस्थाले जनाएको छ ।

उनीहरुलाई प्रदेशसभा सदस्य शारदादेवी थापाले सो कम्बल वितरण गरेको आयोजक संस्थाले जनाएको हो ।