आज्ञा खबर
धनुषा
जयनगरबाट जनकपुरतर्फ आउँदै गरेको रेल बैदेही स्टेसनमा गुड्रिहेकोबेला रेलमा चढ्न खोज्दा रेलको लिगमा परी एक जनाको ज्यान गएको छ ।
ज्यान जानेमा धनुषा नगराइन नगरपालिका– २ राघोपुरका ३४ वर्षीय पुरण सदा रहेका छन।
बुधबार बिहान ९ बजेर २० मिनेटमा वैदेही रेल स्टेसनबाट जनकपुरतर्फ आउन लागेको गुड्रिहेका रेलमा झुन्डिन खोज्दा चिप्लिएर लिकमा खसेका सदालाई कुल्चिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले जानकारी दिए ।
लिकमा लडेका सदाको घाँटी काटिएको छ । सदाको शव पोस्टमार्टमका लागि जनकपुर ल्याउने तयारी भइरहेको छ भने रेल जनकपुर आएर पुनः जयनगरतर्फ फर्किसकेको बताईएको छ ।





































