आज्ञा खब।
ठमाडौं
एशियन लाइफ इन्सोरेन्सले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ ।
गत कात्तिक ७ गते असामयिक निधन भएका स्वर्गीय जीतपुर सिमरा उपमहानगर– २ बस्ने दल बहादुर थापा मगरको घरमै पुगेर ४ लाख ८१ हजार ६५६ रुपैयाँको चेक प्रदान गरेको हो । मगरले ३ लाख बिमांकको बिमा एशियन लाइफ इन्स्योरेन्समा गराएका थिए कम्पनीको हेटौंडा शाखाले बीमित बीमित मगरकोरकम भुक्तानी गरेको बताईएको छ।
कम्पनीेले बीमाङ्क रकममा बोनस थपेर भुक्तानी गरेको छ । दाबी भुक्तानीको रकमको स्वर्गीय मगरकी पत्नी निलजा श्रेष्ठ थापा मगर र छोरा दुर्लभ थापा मगरलाई संयुक्त रूपमा चेक प्रदान गरिएको थियो ।