डा केसीको धनगढीमा २० औँ सत्याग्रह सुरु

[sharethis-inline-buttons]

आज्ञा खबर
धनगढी
प्रा.डा. गोविन्द केसीले आजबाट सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा चिकित्सा शिक्षा सुधारकालागि साँझ ५ बजेदेखि २०औँ सत्याग्रहमा बस्ने भएका छन।
डा. केसीले आफ्नो माग पूरा गर्न सरकारलाई दुई साताको अल्टिमेटम दिएका थिए।
‘हिजोसम्म सरकारको तर्फबाट माग सम्बोधन या वार्ता सम्बन्धि कुनै जवाफ नआएकाले उनी सत्याग्रहका लागि धनगढी आएको . बताए ‘देउवाले समय मागेर आजसम्म झुलाए तर अहिले रेस्पोन्स गरेनन्, त्यसैले धनगढीमा अनशन बस्छु।’

आज बेलुका ५ बजेदेखि अनसन बस्ने भए पनि सुरक्षाको कारण स्थान भने अझै तय नभएको उनले बताएका छन्। डा. केसीले आफूले राखेका माग र समाधानको खाकासमेत सरकारलाई यसअघि नै बुझाइसकेको बताएका छन्।

अहिले डा. केसी धनगढीस्थित सुदूरपश्चिम प्रदेशसभाको परिसरमा रहेका छन्। उनले नागरिक समाजका प्रतिनिधिसँग छलफल गरिरहेका छन्।

आफ्ना मागप्रति प्रधानमन्त्रीले बेवास्ता गरेकाले प्रधानमन्त्रीकै गृहक्षेत्रमा अनसन गर्ने निर्णयमा पुगेको केसीले बताए।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...