आज्ञा खबर
काठमाडौँ,
राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५७ औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
विसं १९२३ साल भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा परलोक हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु¥याएका थिए ।
नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र््याएको थियो । यही छापाखानामार्फत् नेपालमा पत्रकारिताको सुरुआत भएको हो ।
दिवसका अवसरमा आज नेपाली शिक्षा परिषद्लगायत विभिन्न संस्थाले कार्यक्रम आयोजना गर्दैछन् । यस अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनीको आयोजना गरेको छ । भदौ १२ गतेसम्म चल्ने प्रदर्शनीमा पाठक एवं पुस्तकप्रेमीको भीड लागेको छ । रासस





































