थप मल पाउने सहमतिमा महानगरले कृषि साम्रगीको ट्रकछाडिदियो

[sharethis-inline-buttons]

खात्राखबर
वीरगञ्ज महानगरपालिकाले आइतवार कब्जामा लिएको ४ ट्रक मल छाडिदिएको छ । बारा, पर्सा, मकवानपुर, पर्वत र कास्की जिल्लाको स्थानीय तहहरूको लागि लोड भएको युरिया मल महानगरले वडा नम्बर १६ भुटनदेवीस्थित गोदामघरवाटै नियन्त्रणमा लिइएको थियो ।१० हजार बोरा युरिया मल थप पाउने सहमति भएपछि महानगरले कब्जामा लिएको ४ ट्रक मल छाडिदिएको हो । बारा, पर्सा, मकवानपुर, पर्वत र कास्की जिल्लाको स्थानीय तहहरूको लागि लोड भएको युरिया मल महानगरले वडा नम्बर १६ भुटनदेवीस्थित गोदामघरवाटै नियन्त्रणमा लिइएको थियो ।

सोमबार महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल र कृषि सामग्री कम्पनीका प्रादेशिक प्रमुख चन्द्रप्रसाद चौलागाईंबीच ५ बुँदे सहमति भएको छ । जसमा वीरगञ्ज महानगरपालिकाले यसअघि पाउने भनिएको दुई हजार ७७१ बोरा मलबाहेक थप ६ हजार बोरा मल यसै साता उपलब्ध गराउने उल्लेख छ । साथै कलकत्ताबाट आयात हुने मलमध्ये ४ हजार बोरा मल वीरगञ्जलाई उपलब्ध गराउने सहमति भएको छ ।

सो सहमतिपछि वीरगञ्ज महानगरपालिकाले नियन्त्रणमा लिएको मलको ट्रक कृषि सामग्री कम्पनीको जिम्मा लगाएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...