आज्ञा खबर
बारा
बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा महागढीमाई नगरपालिका–२ इनरवा बस्ने वडा नम्बर ८ का ३५ वर्षीय सुरेन्द्रप्रसाद यादव को शनिबार बिहान सवा ७ बजे करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।
उनी चनरदेव भगतको धान खेतमा पानी हाल्न मोटर जोड्दै थिए।
मोटरमा तार जोड्ने क्रममा करेन्ट सर्ट भएर उनलाई करेन्ट लागेको प्रहरी नायब उपरीक्षक थापाले बताए।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बारामा करेन्ट लागेर एक जनाको मृत्यु
© 2026: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech





































