आज्ञा खबर
सप्तरी
सप्तकोसी नदीमा पानीको बहाव अत्यधिक रूपमा बढ्ने अनुमान गरीएपछी कोसी ब्यारेजसहित कोसीको संरचनालाई निगरानी गरिएको छ ।
बढी र कटानबाट प्रभाबित तटीय क्षेत्रमा सर्तक रहनसमेत आग्रह गरिएको छ । पानीको बहाब हेर्दा कोसी ब्यारेज भएर ५ लाख क्युसेक भन्दा बढी प्रति सेकेन्डका दरले बहाब हुन सक्ने अनुमान गरिएको जानकारी आफूहरूलाई आएको प्रहरी उपरीक्षक काफलेले बताए । उनका अनुसार ब्यारेजको संरचनासहित तटीय क्षेत्रमा उच्च सर्तकता अपनाइएको छ । कोसीमा अत्यधिक बहाब हुन सक्ने जानकारीपछि सुनसरीमा पनि उच्च यस्तै बस्तीतर्फ कोसी प्रबेश गरेको उदयपुरमा पनि उच्च सर्तकता अपनाइएको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताए ।
५ लाख क्युसेक भन्दा बढी पानीको बहाब भए कोसी ब्यारेजको संरचनासहित तटबन्धहरूमा समेत क्षति पुग्ने खतरा छ । यस्तै धेरै स्थानमा पानी ओभरफ्लो भई बाहिरिन सक्ने खतरा पनि छ ।





































