आज्ञा खबर
सर्लाही
सर्लाहीमा बसबाट ओर्लने क्रममा लडेर एकजनाको ज्यान गएको छ ।
ज्यान जानेमा कौडेना गाउँपालिका–३ बस्ने ४० वर्षीय चन्दन चौधरीरहेका छन।
सर्लाहीको मलंगवा नगरपालिका–२ झण्डा बजारमा आइतवार बसबाट ओर्लने क्रममा लडेर चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
ग १ ख ९४५२ नम्बरको बसबाट ओर्लने क्रममा लडेर गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको हो ।
यता बस चालक फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।





































