आज्ञा खबर
बर्दिवास
रोट्र्याक कल्व अफ बर्दिबासले हेपाटाइटिस डेको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ ।
सामाजिक कार्यमा क्रियासिल रोट्रयाक्ट कल्वले रगतको अभावमा कसैको पनि ज्यान नजाओस भन्ने उदेश्यले उक्त कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रम अवधीभर २८ जनाले रक्तदान गरेको रोट्रयाक्ट कल्वअफ बर्दिबासका अध्यक्ष विजय पोखरेलले जानकारी दिए ।
रोट्रयाक्ट कल्वले पछिल्लो समय नया संस्कारको बिकाश गर्दै आएको छ । जन्मदिनको अवसरमा रोट्रयाक्ट कलव अफ बर्दिबासका युवाहरुले बृक्षारोपण, रक्तदान जस्ता क्रियाकलापहरुलाइ जोड दिदै आएका छन ।
रोट्रयाक्ट कल्वका उपाध्यक्ष नारायण अधिकारी र सरोज गजमेरले रक्तदान र बृक्षारोपण गरेसगैं युवाहरुमा जन्मदिनको उत्सवको नौलो बिकाश भएको छ ।