बन संरक्षणमा महिला सशक्तिकरण तथा क्षमता अभिबृद्धि सम्बन्धि दुईदिने तालिम बर्दिवासमा सम्पन्न

[sharethis-inline-buttons]

सृष्टि क्षेत्री
बर्दिवास
बन संरक्षणमा महिला सशक्तिकरण तथा क्षमता अभिबृद्धि सम्बन्धि दुईदिने तालिम शनिवार महोत्तरीको बर्दिवासमा सम्पन्न भएको छ।

गाउँ बिकास मञ्च बर्दिवासको आयोजना तथा गणन्ता बर्दिवास साझेदारी बन ब्यवस्थापन समुहको सहयोगमा सञ्चालित तालिमको अध्यक्षता गाउँ बिकास मञ्च बर्दिवासको आध्यक्ष जमुना पोखरेलको रहेको थियो।

तालिममा बन संरक्षणमा महिलाको भुमिकामा महिला पुरुष दुबै सहयात्री, घरेलु हिंसाको प्रकार र कानुनी प्राबधान ,बाल अधिकार र बाल बालिकाको आवश्यकता,जवरजस्ती करणी र यौनजण्य र्दुब्यवहार, बच्ने उपाय तथा कानुनी प्राबधान नेपालमा पाईने बनको प्रकार र बन ऐन २०७६ को प्राबधान लगायतका बिषयमा समुदायिक परिवार कल्याण संघका कार्यक्रम संयोजक जुनु सुनवारले पशिक्षण दिईएकी थिईन।

प्रशिक्षणमा ३० जना प्रशिक्षार्थी सहभागी थिए।