जमुना पोखरेलको तिज बिशेष तथा आधुनिक गितको बिमोचन सम्मपन्न

[sharethis-inline-buttons]

सृष्टि क्षेत्री
बर्दिवास
सामाजिक क्षेत्र संगै कला र साहित्यमा समेत आफनो छुट्टै पहिचान बनाउन सफल रहेकी महोत्तरीको बर्दिवास १ निवासी जमुना पोखरेलको नयाँ तिज बिशेष तथा आधुनिक गितको नयाँ म्यूजिक भिडियो महोत्तरीको बर्दिवासमा शनिवार बिमोचन गरीएको छ।
यस अघि नजाउ चेलि खाड्मिा बोलको गित बजारमा ल्याएर तिज हंगामा मच्चाएको पोखरेलको यो वर्षको म्युजिक भिडियोले समेत छोटो समयमै चर्चा पाएर केहि समयमै श्रोता दर्शकको रोजाईको पोल्टामापर्ने बिश्वास लिईएकोे छ। बर्दिवास उद्योग बाण्ज्यि संघका बरिष्ठ उपाध्क्षय कृष्ण गौतमको प्रमुख आतिथ्यता तथा गायिका पोखरेलकी ममतामही आमा हर्कमाया बस्नेतको अध्यक्षतामा भएको बिमोचनमा समाजका बिभिन्न बिधामा सक्रिय रहेका महानुभावहरुको उपस्थिती रहेको थियो ।
निकै नै मिठा शब्द कोर्न सिपालु तथा स्वरकी धनी पोखरेलको गित जस्तै भिडीयो पनि निकै उत्कृष्ट बनेको छ । तारा सितारा मिडिया हाउसको प्रोडक्सनमा निर्माण भएको गितको म्युजिक भिडियोमा रोहित भट्टराइको निर्देशन रहेको छ भने सगिंत हरीशरन श्यामिको रहेको छ त्यसैगरी गितको निर्माता रमेश पोखरेलले गरेका छन।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...