आज्ञा खबर
२०९ औं भानु जयन्तिका अवसरमा महोत्तरीको बर्दिवासमा कविता प्रतियोगिता को आयोजना गरीएको छ।
बर्दिबास हेल्प फाउण्डेशन र बर्दिबास छन्द चौतारीको संयुक्त आयोजनमा बुधबार गौतम होटलमा सम्पन्न अन्तरमाध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगितामा उत्कृष्ट छात्रछात्रा पुरस्कृत भएका छन । बर्दिबास नगरक्षेत्रका १२ माध्यमिक विद्यालयका ३२ छात्रछात्रा प्रतियोगितामा सहभागी थिए ।
प्रतियोगितामा सहभागी प्रथम दोस्रो र तेस्रो हुने छात्र ,छात्रा लाई क्रमशः सातहजार, पाँच हजार र तीन हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको आयोजक बर्दिबास हेल्प फाउण्डेशनका उपाध्यक्ष दानबहादुर थापाले जानकारी दिए ।
त्यसैगरी सान्त्वना पुरस्कारमा एक हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा सहभागी सबै छात्रछात्राले सहभागिता प्रमाणपत्र प्राप्त गरेका छन् । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तिमा पुरस्कार राशीसहितको प्रतियोगिता सम्पन्न भएको बर्दिबासमा सम्भवतः यो पहिलो पटक हो प्रतियोगितामा प्राज्ञहरु दिपक पौडेल, बिपीराज दाहाल र उद्धव आचार्यसम्मिलित निर्णायक मण्डल थियो ।
बर्दिबास छन्द चौतारीका नारायण घिमिरेले सञ्चालन गरेकोे कार्यक्रम मधेश प्रदेशसभा सदस्य शारदा थापाको प्रमुख आतिथ्य, बर्दिबास हेल्प फाउण्डेशनका सुमित्रा भट्टराईको संयोजन र बर्दिबास छन्द चौतारीका प्रेम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।