सिरहाको लहानमा गोली लागेर एक युवक घाइते, दुईथान पेस्तोल र १४ राउण्ड गोली बरामद

[sharethis-inline-buttons]

लहान, १२ असार। सिरहाको लहानमा साथीले चलाएको गोलि लागेर एक किशोर घाइते भएको छ। आज विहान आफ्नै साथिहरुले चलाएको गोली नाइटोमाथि पेटमा लाग्दा लहन नपा २२ वेलहीका करिव १८ वर्षिय दिलिप मुखिया घाइते भएका हुन्।

घाइते मुखियाको स्थानीय स्तरमा उपचार हुन नसकेपछि उपचारका लागि धरान लगिएको प्रहरीले जनाएको छ। घाइतेको अवस्था गम्भिर रहेको छ।

उनिहरु गाउँमै नविन चौधरीको घरको माथिल्लो तल्लामा बसेर मोवाईलमा पब्जी गोम खेल्दै गरेको बेला करिव १९ वर्षिय सुरज मुखियासंग भएको पेस्तोल सँगैरहेका करिव १५ वर्षिय शुशान्त चौधरीले लिएर ख्यालठट्टामा चलाउदा मुखियाको पेटमा लागेको प्रहरीको भनाई छ।

पब्जी खेलेर बसिरहेका उनीहरु पब्जीमा जस्तै गोली चलान कस्तो हन्छ भन्दै गोली चलाउँदा गोली मुखियाको पेटमा गोली लागेको बताइएको छ।

दुवैजनालाई प्रहरिले नियन्त्रणमा लिसकेको ईलाका प्रहरी कार्यलय लहानका प्रमुख डीएसपी कुमार मैनालिले जान्कारी दिए। उनीहरुको साथबाट एक थान पेस्तोल र त्यसमा लाग्ने ७.६५ लेखिएको ५ थान गोली र एक थान खोका समेत बरामद गरेको प्रहरीले जनाएको छ।

प्रहरीले शुशान्त चैधरीको घरछेउको बाँसघारीबाट कटुवा पेस्तोल एक थान, त्यसका लाग्ने गोली ५ थान, ७.६५ लेखिएको गोली ४ थान बरामद गरेको छ।

उनीहरु लागुऔषध सेवन कर्ता समेत रहेको बुझिएको छ।

उनीहरुले यो पेस्तोल र गोली कहाबाट ल्याएको भन्ने अझै खुलेको छैन। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...