आज्ञा सम्वाददाता
पर्सा
लागूऔषध गाँजा बिक्री वितरणमा संलग्न रहेको आरोपमा पर्सा प्रहरीले १ वृद्धलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पटेर्वा सुगौली गाउँपालिका–४ अकुवा टोल बस्ने ६८ वर्षीय रामेश्वर पन्जियार छन् ।
मंगलबार साँझ ५ बजे उनको घरमा प्रहरीले छापा मारेर ४ किलो ३ सय ग्राम गाँजासहित उनलाई नियन्त्रणमा लिएको हो ।
लागूऔषध गाँजा बिक्रीवितरण गर्ने गरेको भन्ने विशेष सूचनाका अधारमा प्रहरीले उनको घरमा तलासी गर्दा उनको घरबाट गाँजा बरामद भएको हो । पन्जियारलाई लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए।
गाँजासहित पर्साबाट १ वृद्ध पक्राउ
© 2025: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech