भारतको उत्तराखण्डमा बस दुर्घटना : २५ तीर्थ यात्रुको ज्यान गयो

[sharethis-inline-buttons]

एजेन्सी-
बर्दिवास, जेठ २३ गते ।

तीर्थ यात्रु बोकेको बस भारतको उत्तराखण्डमा आइतबार राति खाल्डोमा खसेर दुर्घटना हुँदा २५ जनाको ज्यान गएको छ । अन्य तीनजना गम्भीर घाइते भएका छन् ।मध्यप्रदेशबाट २८ यात्रु बोकेको बस पहाडी राज्यको मुख्य तीर्थस्थल यमुनोत्री जाँदै थियो ।दुर्घटनापछि मुख्यमन्त्री शिवराज सिंह चौहानसहित राज्यमन्त्री बिजेन्द्र प्रताप सिंह, डीजीपी सुधीर सक्सेना, अतिरिक्त मुख्य सचिव (गृह) राजेश राजोरालगायतको टोली देहरादून प्रस्थान गरेको थियो ।

दुर्घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ‘आफ्ना प्रियजनहरू गुमाउनेहरू’ प्रति शोक व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले उत्तराखण्डमा भएको बस दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई दुई लाख भारु र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा पनि गरेका छन् ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...