सर्लाहीमा मतदान नियन्त्रणमा लिएपछि दोस्रो पटक पुन: मतदान सुचारु

[sharethis-inline-buttons]

आज्ञा सम्बाददाता

सर्लाही । स्थानीय तह निर्वाचन अन्तर्गत सर्लाहीको कौडेना गाउँपालिकामा राजनैतिक दलका नेता कार्यकर्ताबीच पटक–पटक झडप भएपछि दोस्रो पटक पुन: मतदान सुचारु भएको छ । बिहानदेखि पटक–पटक झडप भएपछि केहीबेर अघिमात्र घटनास्थल नेपाली सेनाले नियन्त्रणमा लिएको थियो ।

कौडेना गाउँपालिका–६, श्री जनता आधारभूत मतदान स्थल नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएपछि पुन: मतदान सुरु भएको हो । कांग्रेस, लोसपा र जसपाका कार्यकर्ताबीच विवाद हुँदा बिहानै झण्डै १ घण्टा अवरुद्ध भएको मतदान सुचारु भएको आधाघण्टा पछि पुन: झडपका कारण दोस्रो पटक अवरुद्द भएको थियो । ४० मिनेट अवरुद्द भएको मतदान कार्य केहीबेर अगाडीबाट पुन: सुचारु भएको छ । मतदान स्थलमा तत्काल आईपुगेको सेनाको टोलीले फायर नगरेपनि हतियार तेर्स्याएपछि स्थिती तत्काल शान्तिपूर्ण बनेको स्थानीय संचारकर्मी निरज यादवले जानकारी दिए