महोत्तरीको औरहीमा दुईपक्ष विच झडप : २ जना गम्भीर र ३ जना समान्य घाईते

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
महोत्तरी

महोत्तरीको औहरी नगरपालिका वडा नम्बर २ बस्ने चन्देश्वर साह र राम जिवन यादव पक्ष बिच भएको झडपमा ५ जना घाईते भएका छन्। घाईते मध्ये २ जना को अवस्था गम्भीर र ३ जनाको अवस्था सामान्य रहेको छ।
झडपम परि चन्देश्वर साहकी श्रीमती ६५ वर्षिया राजकुमारी देवी साह र उनका छोरा ३५ वर्षिय रामसिकिल साह गम्भीर घाइते भएका छन् भने ५५ वर्षिय राम जिवन यदव, उनका भाई ५० वर्षिय रामचन्द्र यादव र २१ वर्षिय बिजय कुमार यादव सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

झडपमा घाइते भएका राजकुमारी साह र उनका छोरा रामसिकिल साहलाई प्राथमिक उपचार पछि थप उपचारको लागि धरान लगिएको परिवारिक श्रोतले जनाएको छ । अन्य घाईतेको औरही स्थित राधा कृष्ण क्लिनीकमा उपचार भई रहेको प्रहरीले जनाएको छ।

उपचार पश्चात रामजिवन हाल ईलाका प्रहरी कार्यालय गौशालाको नियन्त्रणमा रहेको प्रहरी निरिक्षक रंजन मिश्रले जानकारी दिए ।
उनिहरू बिच जग्गाको विषयलाई लिएर विवाद भएको र विवाद पछि झडप भएको प्रहरीले जनाएको छ।