एजेन्सी-
प्रदर्शनकारीको निसानामा सत्तारुढ दलका नेता, विमानस्थल पुग्ने र बाहिरिने सडकमा विपक्षीको अवरोधप्रदर्शनकारीले निवर्तमान प्रधानमन्त्री राजापाक्ष, विभिन्न मन्त्री र सांसदका घरमा आगो लगाइदिएका छन्कोलम्बो — आर्थिक तथा राजनीतिक संकटमा फसेको श्रीलंकामा हिंसा चर्किएपछि देशव्यापी कर्फ्यु जारी गरिएको छ ।
आक्रोशित भीडले महिन्दा राजापाक्ष र उनलाई समर्थन गर्ने कपितय सांसदहरूका घरमा आगो लगाइदिएपछि बुधबार बिहानसम्मका लागि कर्फ्यु लगाइएको हो । प्रमुख सहरहरूमा स्थिति निकै तनावग्रस्त बनेको छ । हातमा रड तथा लाठी लिएका प्रदर्शनकारीले विमानस्थल पुग्ने र बाहिरिने सडक अवरोध गरिरहेका छन् । विमानस्थलबाहिरको क्षेत्रमा सुरक्षाकर्मीहरूको उपस्थिति निकै कम देखिएको जनाइएको छ ।
पछिल्लो समय श्रीलंकाले सन् १९४८ मा स्वतन्त्र भएयताकै सबैभन्दा ठूलो आर्थिक संकट बेहोरिरहेको छ । विदेशी मुद्राको अभाव भएपछि इन्धन, औषधिलगायत अत्यावश्यक सामग्रीको अभाव चर्किएको छ । विद्युत् आपूर्ति ठप्पप्रायः छ भने दैनिक उपभोग्य वस्तुको मूल्य निकै बढेको छ । कोरोना महामारीसँगै आर्थिक संकट झेल्दै आएको श्रीलंकामा पछिल्ला घटनाले गृहयुद्धको सम्भावना बढेको टिप्पणी कतिपयको छ ।