सप्तरीमा गोठमा आगलागी हुदाँ, लाखौंको क्षति

[sharethis-inline-buttons]

बर्दिवास, वैशाख २८गते ।

सप्तरीमा मंगलबार चारवटा गोठमा आगलागी भएको छ ।राजविराज नगरपालिका वडा नम्बर १० मट्टीगढीमा चार वटा गोठ जलेर नष्ट भएको हो ।

मटीगढी शर्मा टोलका तेजनारायण शर्मा, गुलटेन सुतिहार, उमेशकुमार शर्मा, सकलदेव शर्मा र शिवनाथ यादवका गोठ जलेर खरानी भएको स्थानीयले बताए ।

गाई,भैंसीलाई खुवाउने भुस , पराल , धान तथा काठ जलेर नष्ट भएपछि करीव २० लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।