महोत्तरीको सम्सी सीमानाकाबाट दैनिक घर फर्कनेहरुको संख्या बढदै

[sharethis-inline-buttons]

महोत्तरी । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार मध्यराातिदेखि छिमेकी राष्ट्र भारतको सिमानाका बन्द हुने भएको छ । सिमानाका बन्द हुने थाह पाए पछि श्रम गर्न भारत पुगेका नेपालीहरु फर्कने क्रम बढ्न थालेको छ ।

महोत्तरीको सम्सी गाँउपालिका ६र७ मा पर्ने सीमा नाका हुदै घर फर्कने नेपालीको सङ्ख्या दिनदिनै बढ्न थालेको हो ।

सम्सी नाकाबाट सामान्य अवस्थामा दैनिक ५० देखि १०० नेपाली भारतबाट घर फर्कने गरेकामा अहिले उक्त सङ्ख्या बढेर दैनिक ५०० सम्म पुगेको छ ।स्थानीय अनुसार अहिले दैनिक ३०० देखि ५०० सम्म मानिस नेपाल फर्किरहेको र यो सङ्ख्या बढ्दो क्रममा रहेको छ ।

चुनावलाई मध्यनजर गरेर सीमा क्षेत्रको सुरक्षा व्यवस्था थप कडा गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि छिमेकी राष्ट्र भारतबाट श्रम गर्न पुगेका नेपालीहरु फर्कने क्रम बढ्न थालेको छ ।

महोत्तरीको सम्सी गाँउपालिका ६र७ मा पर्ने सीमा नाका हुदै घर फर्कने नेपालीको सङ्ख्या दिनदिनै बढ्न थालेको हो ।

सम्सी नाकाबाट अरू सामान्य अवस्थामा दैनिक ५० देखि १०० नेपाली भारतबाट घर फर्कने गरेकामा अहिले उक्त सङ्ख्या बढेर दैनिक ५०० सम्म पुगेको छ ।स्थानीय अनुसार अहिले दैनिक ३०० देखि ५०० सम्म मानिस नेपाल फर्किरहेको र यो सङ्ख्या बढ्दो क्रममा रहेको छ ।

साभार:शिरिष न्यूज