देशैभर मंगलबार मध्यरातिदेखि ७२ घण्टासम्म सीमा नाका बन्द हुने

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
महोत्तरी
आसन्न निर्वाचनलाई लक्षित गरी महोत्तरी प्रशासनले मंगलबार रातीबाट बन्द गर्ने भएको छ। निर्वाचनलाई स्वच्छ, निश्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका भारतसँग जोडिएको सीमानाका ७२ घण्टा अगाडीबाट बन्द गर्ने जिल्ला प्रशासन कार्यालयकोसूचनामा उल्लेख गरिएको छ।

जारी सूचनामा २७ गते राति १२ बजेदेखि ३० गते राति १२ बजेसम्म सवारी साधन र मानिस समेत नेपाल, भारत होरदोर गर्न नपाउनभएका छन महोत्तरी सहित देशैभर सरकारले मंगलबार रातिदेखि ७२ घण्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने भएको छ।
मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि मानिन्छ । मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र चुनाव प्रचार गर्न बन्देज लगाउने गरिन्छ।

सीमावर्ती जिल्लाका प्रशासन कार्यालयहरुलाई मंगलबार मध्यरातिदेखि सीमा नाका बन्द गर्न भनिसकिएको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले अनुमति बेगर सीमाबाट आउ–जाउ गर्न नदिन निर्देशन दिइएको जानकारी दिए ।

नेपालका ४२ जिल्ला चीन र भारतसँग जोडिएका छन् । भारततर्फका सीमा नाका खुल्ला हुने भएकाले आवागमन रोक्न चुनौती हुने गरेको छ ।

अन्तर्राष्ट्रिय हवाई उडानका लागि विमानस्थलसम्म पुग्ने र विदेशबाट फर्किनेहरुका लागि भने पासपोर्ट, भिसा र हवाई टिकटको आधारमा जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्मीसँग समन्वय गरेर गन्तव्यसम्म पुग्न सहजीकरण गर्नेछ ।
मतदानका दिन सवारी अनुमति पत्र बोकेका गाडीहरुमात्र गुडाउन पाइने छ ।