आज्ञा सम्वाददाता
उदयपुर
उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य एक जना घाइते भएका छन्। त्रियुगा नगरपालिका–३ मोतिगडा–फत्तेपुर सडकखण्ड अन्तर्गतको नेपाली सेनाको १८ नम्बर बाहिनी नजिक आइतबार राती प्रदेश १–०५–००१.प.४४६८ नम्बरको डिस्कोभर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकलमा सवार त्रियुगा नगरपालिका–१ पूर्व टोल जोगिदका २१ वर्षीय भुपेन्द्र चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी सन्तोष आचार्यले बताए।
मोटरसाईकल चालक १८ वर्षीय अभिषेक चौधरी गम्भीर घाइते भएकोले
जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि बाहिर पठाइएको बताईएको छ।