गौशालाको मिथिलान्चल कम्प्युटरबाट चोरी भएको सरसमानहरु पुनः औरहीमा बरामद

[sharethis-inline-buttons]

औरही । महोत्तरीको गौशालाबाट चोरी भएको सरसमानहरु औरहीमा वेवारिसे अवस्थामा फेला परेको छ ।

गौशाला नगरपालिका वडा नम्बर ५ स्थित सञ्चालनमा रहेको मिथिलान्चल कम्प्युटर सेन्टरबाट करिब ४ महिना अगाडि चोरी भएको चोरी भएको सरसमानहरु औरही नगरपालिका वडा नम्बर १ स्थित २ वटा बोरामा वेवारिसे अवस्थामा फेला परेको हो ।

गत महिना पुस ३० गते पसलमा सिसीटिभीको डिभीबक्स सहित करिव २५ लाख मूल्य वरावरको सरसमानहरु चोरी भएको थियो ।

ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक रंजन मिश्रको अनुसार गोप्य सुचनाको अधारमा घर र पसलमा खानतलासी गर्दा चोरीको सरसमानहरु पसलमा फेला परेको हो

केही दिन अगाडि गोप्य सुचनाको अधारमा प्रहरीले पसलबाट खानतलासी गर्दा चोरीको समानसहित औरही नगरपालिका वडा नम्बर १ स्थित सञ्चालनमा रहेको प्रिन्स मोवाईल एण्ड मर्मत सेन्टरका संचालक दिनेश साहलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको थियो ।

त्यसपछि आज पहिलो पटक भारी मात्रामा चोरीको सरसमानहरु वरामद भएको ईलाका प्रहरी कार्यालय गौशालाका प्ररही निरिक्षक मिश्रले जनकारी दिए ।

साभार:शिरिष न्यूज