रियल म्याड्रिड च्याम्पियन्सले सानदार जित निकाल्दै लिगको फाइनलमा बनायो स्थान

[sharethis-inline-buttons]

वैशाख २२,  एजेन्सी –

खेलको अन्त्यतिर पाँच मिनेटको अन्तरमा तीन गर्दै स्पेनिस क्लब रियल म्याड्रिडले सानदार पूनरागमन जित निकाल्दै युइएफए च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको छ । रियल इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई सेमिफाइनलको दोस्रो लेगमा अतिरिक्त समयमा ३–१ को पूनरागमन तथा समग्रमा ६–५ को जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो लेगमा ३–४ ले पछि रहेको रियल दोस्रो लेगको खेलको अन्त्यतिर ३–५ को स्थितिमा रहँदा च्याम्पियन्स लिगबाट बाहिरिने संघारमा पुगेको थियो ।

तर, इन्ज्युरी समयको अन्त्यतिर ब्राजिली फरवार्ड रोड्रिगोले दुई तथा करिम बेन्जेमाले एक गोल गर्दै सर्वाधिक १३ पटकको च्याम्पियन रियललाई फाइनलको बाटो देखाए । दोस्रो लेगमा सिटीका लागि रियाद महारेजले एक गोल फर्काए ।सान्टियागो बर्नबेउमा बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलको ७३औं मिनेटमा रियाद महारेजले गोल गर्दै सिटीलाई दोस्रो लेगमा १–० को अग्रता दिलाए । त्यसपछि जिततर्फ अग्रसर बनेको सिटीविरुद्ध रोड्रिगोलको दुई मिनेटमा अन्तरमा दुई गोल गर्दै रियलको सम्भावना जीवित राखे ।

६८औं मिनेटमा टोनी क्रुसको स्थानमा मैदान छिरेका रोड्रिगोले ९०औं मिनेटमा करिम बेन्जेमाको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । लगत्तै रोड्रिगोले नै मार्काे एसेन्सियोको पासमा गोल गर्दै खेलमा २–१ को अग्रता लिदा खेल समग्रमा ५–५ गोलको बराबरीमा पुग्यो ।अब रियलले उपाधिका लासग २९ मे मा इंग्लिस क्लब लिभरपुलको सामना गर्नेछ । लिभरपुलले मंगलबार राति स्पेनिस क्लब भिल्लारियललाई समग्रमा ५–२ ले पराजित गर्दै फाइनलमा पुगिसकेको छ ।