वडाध्यक्ष उम्मेदवारका बुबामाथि धारिलो हतियार प्रहार

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
धनुषा

धनुषाको कमला नगरपालिका वडा नं. १ का वडाध्यक्षका उम्मेदवार सर्वदेव यादवका बुबा ७० वर्षीय चन्द्र नारायण यादवमाथि अज्ञात समूहले घरामै सुतिरहेको समयमा धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएका छन ।

घाइते उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

गएराती करिब १२ः३० बजेको समयमा घरमा सुतिरहेका यादवमाथि खुकुरी र चक्कु प्रहार गरिएको प्रहरीले जनाएको छ ।

शरिरको विभिन्न ठाउँमा खुकुरी र चक्कु प्रहार गरिएको उनका नाती सुरेन्द्र यादवले बताए ।
उम्मेदवार सर्वदेव यादवमाथि आक्रमणको प्रयास विफल भएपछि उनका बुवामाथि नै हतियार प्रहार भएको हुन सक्ने अनुमान गरिएको छ ।
घटनाको विषयमा अनुसन्धान भइरहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले बताए ।