आज्ञा सम्वाददाता
महोत्तरी
अहिले देशका धेरै ठाउँको मौसम सामान्यदेखि पूर्ण बद्ली रहेकाले आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।
आज दिउँसोपछि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिमी बङ्गालसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण पानी पर्ने सम्भावना छ ।
मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविद्को सुझाव छ । यस्तै, केही दिनयता मौसम बद्ली भइ पानी परेसँगै देशभरको तापक्रम घटेको छ । तापक्रम घट्दा गर्दा गर्मी कम भएको छ । यसअघि पानी पर्न नसक्दा तातो हावा र गर्मीले जनजीवन प्रभावित बनेको थियो ।