जेठ १ गतेदेखि लागु हुनेगरी हप्तामा दुई दिन सार्वजनिक बिदा

[sharethis-inline-buttons]

बर्दिवास,बैशाख १४ गते ।

जेठ १ गते देखि सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने सरकारले निर्णय गरेको छ ।
हाललाई परीक्षणकालागि कार्यालय समय बढाएर विहान साढे ९ बजेदेखि साढे ५ बजेसम्मको कार्यालय समय कायम गर्ने तथा शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय भएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।