आज्ञा सम्वाददाता
सर्लाही
सर्लाहीको मलंगवास्थित एक घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
नेपाली कांग्रेसका नेता एवं स्थानीयवासी जयप्रकाश मल्लिकको मलंगवा नगरपालिका–१०, मा रहेको घरमा आगलागी भएको हो । आगलागीबाट अन्न, कपडा, गरगहना समेत जलेर नस्ट हुदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगलागी भएको जस्तो देखिएकोे छ । आगलागी स्थानीयवासीहरु मिलेर नियन्त्रणमा लिएका छन ।