आज्ञा सम्वाददाता
काठमाडौ
निर्वाचन आयोगले देशभरका ७ सय ५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि साढे एक लाखले उम्मेदवारी दर्ता गराएको मनोनयनविरुद्ध परेको उजुरीमा बुधबारदेखि (जाँचबुझ) छानबिन थाल्ने भएको छ ।
आइतबार र सोमबार मनोनयन दर्ता भएको मनोनयनमा मंगलबार उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो ।
प्राप्त उजुरीमाथि आज र भोलि जाँचबुझ हुने निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिएका छन् । आज र भोलि छानबिन गरेर आयोगले निर्णय लिनेछ । आयोगले बिहीबार उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी गरेको छ । १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने छ ।
निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।