भारतको दिल्लीमा पुनः फेला पर्यो ओमिक्रोनको नयाँ भेरियन्ट

[sharethis-inline-buttons]

एजेन्सी-

भारतको नयाँदिल्लीमा ओमिक्रोन भेरियन्टको सब भेरियन्ट बीए.२.१२ बाट एक जना संक्रमित भएका छन्। केही दिनदेखि दिल्लीसहित भारतका विभिन्न सहरमा कोरोना संक्रमण तीव्र बन्दै गइरहेको छ।

विज्ञका अनुसार यो भेरियन्ट ओमिक्रोन भेरियन्टकै निकै संक्रामक र तीव्र गतिमा फैलिने खालको छ। दिल्ली राज्य सरकारले कोभिडको बढ्दो संक्रमणलाई दृष्टिगत गर्दै दिल्लीमा परीक्षणलाई तीव्र पारेको छ।

जिन सिक्वेन्सिङका लागि पठाइएका नमुनाको रिपोर्टमा नयाँ उपभेरियन्ट देखिएको हो। यद्यपि राज्य सरकारले नयाँ भेरियन्ट भेटिएको बारेमा केही बताएको छैन।