गौशाला, वैशाख ११ गते । सिरहामा पर्खाल लगाउने बारेमा विवाद हुँदा इँटा हानाहान हुँदा एक जनाको ज्यान गएको छ ।
जिल्लाको सिरहा नगरपालिका–१३ फुलवरियामा भएको विवादमा इँटा प्रहारबाट फुलवरिया बस्ने ५४ वर्षीय धनेश्वर महराको मृत्यु भएको हो । घटनामा संलग्न स्थानीय ४१ वर्षीया लक्ष्मी महरा र उनका भाइ ३२ वर्षीय ब्रह्म देव महरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता (डिएसपी) सुवास बुढाथोकीले बताए ।
शनिवार पर्खाल लगाउने विषमा विवाद हुँदा इँटा हानाहान भएको थियो । इँटा प्रहारबाट गम्भीर घाइते भएका धनेश्वरको उपचारका लागी प्रादेशिक अस्पताल सिरहामा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको डिएसपी बुढाथोकीले बताए । घटनाबारे जिल्ला प्रहरी कार्यालय सिरहाले अनुसन्धान गरिरहेको छ ।
साभार :द पबलिक टुडे