गए रातीको वर्षाले महोत्तरीका बिसानलाई राहत

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
बर्दिवास
मङ्गलबार राति मेघगर्जनसहित केही बेर परेको पानीले महोत्तरीमा गर्मीबाट राहत मिलेको छ ।

वैशाख पहिलो साताभित्रै भएको वर्षाले अचाक्ली बढेको गर्मीबाट राहत मिलेकाले यस भेगका किसान तथा स्थानिय बासी हर्सित भएका हुँन । गए रातिको वर्षाले बाँझो जग्गा खनजोत गर्न सहज भएको किसानको भनाई छ। चैतेबाली थन्क्याएपछि रुखिएको जग्गा खनजोत हुन सकेको थिएन । वर्षा भएपछि अब बर्खे मकै, कोदो लगाउन र बर्खे धानको धुले ब्याड राख्न मिल्ने बर्दिबास–९ पशुपतिनगरका संजय महतोले बताए ।

‘राम्ररी चिस्यान हुने गरी पानी परेको छ’, उनले भने, ‘यसपालि बर्खेबाली समयमै लगाउन पाइने आश जाग्यो ।’

पछिल्लो वर्षाले तरकारी खेती गर्न सहज भएको किसानको भनाइ छ । वर्षाअघि चलेको हावाहुरीले कलिला बोट र तरकारीका बेला (लहरा) लतारेर आँप लगायत फलफुका चिचिला नोक्सान गरेको किसानले बताएका छन् ।
अन्य बालीनालीमा परेको अनुकूलतालाई उपयोग गर्दै चित्त बुझाउनुपर्ने किसानहरु बताउँछन् ।