एजेन्सी-
चीनमा केही दिनयता कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेको पाइएको छ । पछिल्लो केही दिनयता संक्रमित व्यक्तिको संख्या बढ्न थालेको त्यहाँका स्वास्थ्य अधिकारीले सार्वजनिक गरेका छन् ।चीनका विभिन्न शहरमा कोरोना भाइरसका संक्रमितहरुको संख्या सोमबार तीन हजार भन्दा बढी पुगेको सिन्ह्वाले जनाएको छ ।
सोमबारको तथ्यांकअनुसार त्यहाँ ३ हजार २९७ जना कोरोना संक्रमित देखिएका हुन् । तीमध्ये सबैभन्दा धेरै सांघाइ शहरमा पाइएको बताइएको छ ।चीनको नेसनल हेल्थ कमिसनले सोमबार भेटिएकामध्येका ३ हजार ८४ जना सांघाइकै रहेका बताएको छ । पछिल्लो समयमा सांघाइमा कोरोनाको संक्रमण अप्रत्यासित वृद्धि भएको छ ।
चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार जिलिन, सांदोन, सान्सी प्रान्तका केही स्थानमा संक्रमित पाइएका छन् । यी शहरहरुमध्ये सबैभन्दा बढी संक्रमित अहिले सांघाइमा भेटिएका छन् ।चीनमा पछिल्लो समयमा संक्रमित भेटिन थालेपछि सरकारले कोरोनाबाट निको भएका नागरिकहरुमा पनि पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ ।