यी स्थानमा धन संग्रह गर्नुहोस् भाग्य चम्किन्छ

[sharethis-inline-buttons]

बर्दिवास, वैशाख ६ गते

वस्तु शास्त्रमा ,आफूले मेहेनत गरेर कमाएको पैसा घरमा कस्तो ठाउँमा राख्दा उत्तम हुन्छ भन्ने कुरालाई महत्वका साथ बताइएको छ । घरको कुन दिशामा पैसा राख्दा लक्ष्मीले संधैब वास गर्छिन भन्ने कुरा स्पष्ट रुपमा उल्लेख गरिएको छ । यदि तपाई आफ्नो कमाईबाट आर्जित धनको राम्रो संचय गर्न चाहनुहुन्छ भने वस्तुशास्त्रमा बताइएका यी कुराहरुमा राम्रो ध्यान दिनुहोला । वस्तु शास्त्रका अनुसार घरको यी दिशामा आफूले कमाएको पैसा राख्दा राम्रो संचय हुने र दैनिक थप्दै जाँदा धेरै बचत हुनेछ ।

यसमा शास्त्र उल्लेख गरे अनुरुप आफूले कमाएको पैसा राख्दा फजुल खर्च समेत नियन्त्रण हुदैं जानेछ र कुनै पनि परिवार वा व्यक्तिले धेरै धन आर्जन गर्न सक्नेछन् ।पूर्व दिशा:यदि तपाईहरु आफूले प्राप्त गरेको पैसा कुनै दराज वा अन्य लकरमा राख्नुहुन्छ भने ती चिजहरुलाई घरको पूर्वी दिशामा राख्नु फलदायी हुनेछ । यसरी संचय गरिएको पैसा निश्चित रुपमा वृद्धि हुँदै जाने छ । तपाईहरुले घरको पश्चिम दिशामा आफ्ना गरगहना अर्थात् बहुमुल्य वस्तुहरु राख्दा उत्तम हुनेछ ।

उत्तर दिशा:यदि तपाईहरुले आफूले पैसा ,गरगहना वा अन्य बहुमुल्य वस्तु राखेको दराज उत्तर दिशमा खुल्नेगरि राख्नु उत्तम हुनेछ । यसरि राखिएको यी चिजहरु कहीँले नघट्ने र समय बित्दै जाँदा बढ्दै जाने मान्यता रहेको छ ।दक्षिण दिशा:यदि तपाईले पैसा सहित आफ्ना बहुमुल्य वस्तुहरु दक्षिण दिशमा राख्नु भएमा कुनै नोक्सान नहुने तर वृद्धि भने कुनै मात्रामा नहुने कुरा वस्तु शास्त्रमा बताइएको छ । त्यसैले दक्षिण दिशामा यी चिजहरु राख्नु उत्तम मानिदैन।

लकर:कुनै पनि समान राख्दा यसको प्रकृति अनुसार राख्ने गरिन्छ । यसरी तपाई कुनै अमुल्य चिजहरु लकरमा राख्नुहुन्छ भने उक्त लकर भित्र लक्ष्मी को तस्बिर राख्नुहोला । धनकि देवी मनिएकी लक्ष्मीको तस्बिर लकरमा राख्दा ठुलो फलदायी हुने र धन वृद्धिमा सहयोग पुग्ने मान्यता रहेको छ ।दक्षिण पूर्वी दिशा:यदि तपाईको घरमा धन सँग सम्बन्ध रहेका केही बहुमूल्य वस्तु छन् भने त्यस्ता वस्तुहरु आफू प्राय बस्ने गरेको ठाउँ बाट दक्षिण पूर्वी दिशमा राख्नुहोस जसले तपाईको जीवनलाई ठुलो लाभ पुर्याउने छ ।त्यसको २ वर्ष अगाडि पनि महाप्रलयमा श्रीकेदारनाथ मन्दिर पनि सुरक्षित रहेको थियो।

यसैगरी महिलालाई घरको लक्ष्मी मानिन्छ । महिला जसको घर जान्छिन् त्यस घरको परिवारको भाग्य र सफलता उनीसँग जोडिएको मानिन्छ तर ज्योतिष शास्त्रका अनुसार केही यस्ता कामहरु हुन्छन् जसलाई महिलाहरुले राति गर्नुहुँदैन । यसका कारण उनीहरुको समेत भाग्य फेरिने गर्छ ।

महिलाहरुले यस्ता कामहरु रातिमा नगरेकै राम्रो :सुर्यास्त पछि महिलाहरु कसैको घरमा पनि दुध, दही, नुन, तेल र प्याज लिन जानु हुँदैन । यसो गर्नाले उनीहरुको जीवनमा बाधाहरु आउने गर्छन् र धेरै कष्टको सामना गर्नुपर्ने हुन्छ ।ज्योतिष शास्त्रका अनुसार महिलाहरुले सुत्नु अघि कपाल नुहाउनुहुँदैन । यस्तो गर्नु हानिकारक हुन्छ ।महिलाहरुले रातमा झठा भाँडाहरु भान्छामा राख्नुहुँदैन । यसो गर्नाले लक्ष्मीको बास घरमा हुन्छ भने वैभव, सम्पन्नता घरमा आउँछ ।

यी काम गरेमा फाइदा हुनेछ :ज्योतिष शास्त्रका अनुसार घरकी महिलाले हप्तामा एकपटक घरमा रहेका सबै कोठामा कालो नुन पेपरमा बेरेर राख्नु पर्छ । यस पश्चात बिहान उठेपछि कसैसँग नबोली कागजमा राखिएको नुनलाई बाहिर फाल्नुपर्छ । यसले घरमा उत्पनन भएका नकारात्मक उर्जा बाहिर निकाल्न मदत गर्छ ।रातमा सुत्नुअघि घरभित्र रहेको कुच्चो दक्षिण पश्चिम दिशामा लुकाएर राख्नुपर्छ । यसले धन लाभ गर्छ ।रातमा सुत्नुअघि भान्छामा एक बाल्टी पानी भरेर राख्नुहोस् । यसले घरमा सुख–समृद्धिको बास गराउँछ । खाली बाल्टी राख्नुले घरमा चिन्ता भर्ने काम गर्छ ।
Related