स्वास्थ्य बीमा बोर्ड खारेज नगरी सबै बीमालाई एउटै छातामुनि ल्याउने बहस सुरु

[sharethis-inline-buttons]

काठमाडौं , चैत ६ गते ।

सरकारले बीमा ऐन, २०४९ संशोधनको प्रक्रिया अगाडी बढाएको छ । योसँगै सबै बीमालाई एउटै छातामुनि ल्याउने बहस सुरु भएको छ ।
सबै बीमालाई एकै ठाउँमा राखेर बीमा प्राधिकरण बनाउने भन्दै अर्थ समिति सभापति कृष्ण दाहालले छलफल चलाएपछि बोर्ड खारेजको चर्चा बाहिर आएको हो ।

दाहालले बीमा बोर्डलाई बीमा ऐनमा अन्तर्गत नै राख्ने बिषय छलफलमा चलाएका थिए । ‘केहीअघि संसदको अर्थ समितिको छलफलमा सबै बीमालाई एउटै छातामुनि ल्याउने बिषय उठान भएको थियो । सबै बीमालाई बीमा समितिले नै नियगमन गर्नुपर्छ भन्ने हाम्रो धारणा पनि हो,’ बीमा समितिका निर्देशक राजुरमण पौडेल भने ।सोही छलफलको आधारमा अर्थले बीमा बोर्ड तथा स्वास्थ्य मन्त्रालयसँग बोर्डलाई प्राधिकरण अन्तर्गत राखे के हुन्छ ? भनेर रायसमेत मागेको छ ।